बागलुङ । सिमलचौर, दनिया, खर्वाङ लिफ्टिीङ खानेपानी आयोजनाको उपभोक्ताहरुको भेला सम्पन्न भएको छ। भेलाले डिप्लोमा खरेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ।
उपाध्यक्ष खगिश्वर अर्याल, सचिव कृष्ण प्रसाद खरेल, कोषाध्यक्ष मन वहादुर थापा, सह सचिव श्यामकला राना, सदस्यहरुमा विष्णु अर्याल, कालिकादेवि खराल, कृष्ण कुमारी राना, सरस्वती राना, नरमति सिँजाली र धन वहादुर बुढा रहेका छन्।
त्यस्तै भेलाले प्रत्येक टोलमा, टोल समितिको गठन गरेको छ जस अनुसार सिमलचौर टोलमा चुमाकान्त पोखरेल, टुनिवोट टोलमा कर्णबहादुर राना, जामुने टोलमा सरस्वती राना, मैदान आटारीमा नरे राना, डुडेवाचौरमा मनबहादुर थापा, खारपानीमा नरमति सिँजाली, खर्वाङ टोलमा रुनमाया छन्त्यालको संयोजकत्वमा टोल समितिको गठन गरेको छ।
भेलामा बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजा, वडा अध्यक्ष हिमा खरेल, त्रिभुवन नमुना माविका प्रधानाध्यापक ढालमणि भण्डारी लगायतको सहभागिता रहेको थियो। भेलाले प्रभावित क्षेत्रका सबैलाई सदस्य वन्न आह्वान गर्ने, प्रति सदस्य ३ सय रुपैयाँ शुल्क उठाउने, कामलाई प्रभावकारी गराउन प्रयत्न गर्ने लगायतका निर्णय गरेको छ। सचिव कृष्ण प्रसाद खरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।



















































































































































































































