१४ कार्तिक २०८३, शुक्रबार

 

गाउँपालिका उपाध्यक्ष चढ्ने जीपमा आगजनी

पर्वतको जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले भाडामा प्रयोग गर्दै आएको गाडीमा अज्ञात समूहले आगजानी गरेको छ । उपाध्याक्ष पुनले प्रयोग गदै आएको ग १ ज ६५५४ नम्बरको जीपमा आइतबार राती १२ बजे आगजनी भएको प्रहरीले जनाएको छ ।

जलजला गाउँपालिका वडा नम्बर ४ फड्केढुंगामा पार्किङ गरेर राखिएको जीपमा अज्ञात समुहले आगो लगाइदिएका हुन् ।

स्थानिय लालबहादुर मल्लको उक्त जीप गाउँपालिका उपाध्यक्ष पुनले गाउँपालिकाभित्रको काममा भाडामा प्रयोग गर्दै आएकी थिइन् ।
घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरिक्षक रबिन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन भएको छ । घटनाको अनुसन्धान भइरहेको र आगजनी गर्नेलाई पत्ता लगाउन प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए ।

यसअघि जलजला गाउँपालिका वडा नम्बर ८ स्थित खनियाँघाटमा पनि केही महिनाअघि एक्साभेटरमा आगजनी भएको थियो । घटनाको प्रकृति हेर्दा कुनै रिसिबीले घटना गराएको हुनसक्ने प्रहरीस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung