बरेङ गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
वडा अध्यक्ष लिलबहादुर खत्रीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि बरेङ गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्मा, विशिष्ठ अतिथि बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन, अतिथिहरु प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेल, वडा नं ५ का अध्यक्ष अम्मरबहादुर शेर्बुजा, प्राविधिक शाखा प्रमुख इन्जिनियर कृष्णबहादुर थापा, वडा नं ४ सचिव तमबहादुर खत्री, वडा नं ५ सचिव, योजना शाखा प्रमुख मिलन श्रीष राना, पशु शाखा प्रमुख नत्रप्रसाद शर्मा, कृषि शाखा प्रमुख चन्द्रकान्त कुमार भुजु लगायतको उपस्थिति रहेको थियो।

सार्वजनिक सुनुवाईमा उठेका सवालहरुको बारे बोल्दै गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले जनताको अपेक्षा अनुसार बरेङ गाउँपालिकाले विकासका काम अगाडि बढाउँदै आएको र आगामी दिनमा पनि जनताको सुझाव र सल्लाह अनुसार अगाडि बढ्ने प्रतिवद्धता गरे।
असि जना भदा बढि स्थानियको उपस्थिति रहेको कार्यक्रम जनजागृत प्राथमिक विद्यालय, सल्यानमा सम्पन्न भएको थियो। कार्यक्रमको सहजीकरण सामुदायिक रेडियोका दिपेन्द्र परियारले गरेका थिए।




















































































































































































































