काठमाडौं । ललितपुरमा आमा छोरीले आत्महत्या गरेका छन् । ललितपुरको महांकाल गाउँपालिकामा रहेको बतासे डाँडामा आमा जानी र छोरी राधिकाले झुण्डिएर आत्महत्या गरेका हुन् ।
उनीहरु केही महिनाअघि मात्र बसाइँ सरेर त्यहाँ आएका थिए ।
महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी राजकुमार खिउजुले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।



















































































































































































































