१७ बैशाख २०८१, सोमबार

 

विद्यालयबिचको सम्बन्ध सुमधुर बनाउन मेयरकप प्रतियोगिता

गलकोट नगरपालिले प्रथम मेयरकप रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै गलकाेट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले सामुदायिक र संस्थागत विद्यालयबीचकाे सम्बन्ध सुमधुर बनाउनका लागि प्रतियाेगिताकाे आयाेजना गरिएकाे बताए ।

संस्थागत र सामुदायिक विद्यालयबिच देखिने मतभिन्नताकाे खाल्डाेलाई पुर्न सकेमात्र नगरभित्रकाे शिक्षा गुणस्तरिय बन्ने भन्दै नगरप्रमुख गैरेले कार्यक्रम प्रभावकारी तरिकाले अगाडि बढाउन आग्रह गरे । उनले विद्यार्थीमा भएका अन्तरनिहित प्रतिभालाई बाहिर ल्याउनका लागि कार्यत्रमले काेषेढुङ्गाकाे भुमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बाेल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पाैडेलले विद्यार्थीलाई शैक्षिकसँगै खेलकुदका माध्यमबाट समेत अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले बजेट सक्नका लागि मात्रै कार्यक्रम गर्ने प्रवृतिको अन्त्य गर्ने उद्येश्यले विद्यार्थीको क्षमता मापन गर्ने कार्यत्रम सञ्चालन गरेकाे बताए ।

प्रतियाेगिताकाे पहिलाे दिन माध्यमिक विद्यालयस्तरिय छात्र, छात्राहरूकाे पहिलाे र केहि दास्राे चरणका खेल भएका छन् । त्यस्तै लङ्जम्प र मार्चपास लगायतका प्रतियाेगिताहरू सम्पन्न भएका छन् । कार्यक्रम जेठ २५ गतेसम्म चल्ने खेल संयाेजक यम श्रीसले जानकारी दिए ।प्रतियोगितामा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेकाे छ ।

उद्घाटन कार्यक्रम गलकाेट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा संयाेजक हिमबहादुर भण्डारीकाे अध्यक्षता, शिक्षा उपसचिव पदमराज आचार्यकाे स्वागत मन्तव्य र देवेन्द्रसिंह बस्नेतकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्