१७ बैशाख २०८१, सोमबार

 

उद्घाटन खेलमा ब्राजिलको शानदार जीत

कोपा अमेरिका २०१९ अन्तर्गतको उद्घाटन खेलमा ब्राजिलले बोलिभियाविरुद्ध ३ – ० को शानदार जीत हासिल गरेको छ। शनिबार भएको उद्घाटन खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो। दोस्रो हाफमा भने ब्राजिलले सुरुवाती समयदेखि नै आक्रमक खेल खेल्दै अग्रता लिन सफल भयो ।

ब्राजिलका लागि फिलिपे कोउटिन्होले ५० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । बोलिभियाका डिफेन्डरले ह्यान्ड गरेपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा निर्णय लिएका थिए । पेनाल्टीमा गोल गरेको तीन मिनेटपछि नै कोउटिन्होले अग्रता दोब्बर पारे । उनले रोबर्टो फिर्मिनोको क्रसमा हेडरमार्फत दोस्रो गोल गरे ।

त्यसै गरी खेलको ८५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका विंगर एभरटनले गोल थप्दै ब्राजिलको जीत सुनिश्चित गरे।
जितसँगै ब्राजिलले ३ अंक जोड्न सफल भएको छ । ब्राजिलको समूहमा बोलिभियासँगै पेरु र भेनेजुएला रहेका छन् ।

ब्राजिलले आगामी हप्ता बुधबार हुने दोस्रो खेलमा भेनेजुएलाको सामना गर्दै छ।

 

प्रतिक्रिया दिनुहोस्