काठमाडौं । खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष चढेको जीप मंगलबार कर्णाली नदीमा खसेको छ ।
खार्पुनाथ–५ कैलाबालुमा लु१ क नखुेलेको ७१६६ नम्बरको जीप कर्णालीमा खसेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख धोलकराज ढकालले बताए। जिपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमालसहित १० जना भन्दा बढी सवार रहेको ढकालले नयाँ विश्वलाई जानकारी दिए ।
दुर्घटनामा परेका सबैजना नदीमा बेपत्ता रहेकाे प्रहरीले जनाएकाे छ ।
पल्लो खार्पुनाथबाट याङचु गाउँपालिका जाँदै गरेको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय हुम्ला र याङचु गाउँपालिका लगायतका ठाउँबाट प्रहरीको टोली पुगेको बताइएको छ ।



















































































































































































































