प्रधानमन्त्री रोजगार कार्यक्रम बागलुङ जिल्लाको गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १८५ जनालाई रोजगारी दिएको छ ।
पारिश्रमिकमा आधारित अल्पकालिन रोजगारी कार्यक्रम अन्तर्गत नगरपालिकाका ११ वडाबाट १८५ जनालाई रोजगारी प्रदान गरिएको गलकोट नगरपालिकाले जनाएको छ । रोजगारीका लागि नगरपालिकामा एक हजार २७५ जना सूचिकृत रहेकोमा ज्ञान, सिप तथा क्षमता तथा आयस्तरलाई आधारमानी जम्मा १८५ जनालाई छनौट गरिएको हो ।
‘बेरोजगारहरुको सूचीलाई आधार मानेर रोजगारीका लागी छनौट गरेका हौं’ नगरप्रमुख भरत शर्मा गैरले भने ‘वेरोजगार भई घरमै बसेका युवा युवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत मिलेको छ ।’ प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न गलकोट नगरपालिकामा प्राप्त रु.३८ लाख बजेटबाट इन्जिनियरिङ स्टिमेटको आधारमा गलकोट नगरपालिकाभित्रका सम्पुर्ण वडामा रु.२ लाख देखि रु. ५ लाख सम्म बजेट विनियोजन गरिएकोे छ । विनियोजित बजेटको ७० प्रतिशत ज्याला र ३० प्रतिशत सामान खरिदको लागि खर्च गरिने नगरपालिकाले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा रोजगार पाएकाले सडक मर्मत, बाटो घाटो निर्माण तथा सरसफाईमा सहभागी हुनेछन् । रोजगारीले २१ दिन सम्म ज्यालामा विहान १० वजे देखि वेलुका ५ बजे सम्म वडा वडामा समूह निर्माण गरेर काम गर्ने गलकोट नगरपालिकाका रोजगार संयोजक ममता बुढाथोकीले बताए । बुढा थोकीका अनुसार रोजगारमा सहभागी महिला तथा पुरुषले समान रुपमा दिनको ७०० ज्याला पाउनेछन् ।
सहभागीले विकास निर्माण सम्बन्धि काम २१ दिन सम्म बिहान १० बजे देखि बेलुका र ५ बजे सम्म समुह बनाएर गर्नुेपर्ने गलकोट नगरपालिकाका रोजगार संयोजक ममता बुढाथोकीले जानकारी दिए । ‘नगरपालिकामा दर्ता भएका एक हजार २७५ मध्येमा पहिलो चरणमा विभिन्न आधार बनाई रोजगारीका लागी छनौट गरेका हौं,’ बुढाथोकीले भने ‘आगामी दिनमा सबै नगरमा सुचिकृत भएका सबै वेरोजगारलाई रोजगारमा समावेश गराउने योजनामा छौं ।’ रोजगार कार्यक्रममा सहभागीलाई विकास निर्माणको लागि आवश्यक पर्ने सुरक्षा पोशाक, गैची, वेल्चा लगायतका औजारहरु प्रदान गरिएको थियो ।



















































































































































































































