१४ कार्तिक २०८३, शुक्रबार

 

भोर्ले बालमैत्री वडा घोषित

पैयुँ गाउँपालिका–७ भोर्लेलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिकासम्बन्धी ३९ बुँदे मापदण्ड पूरा गरेपछि आइतबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले बालमैत्री वडा घोषणा गरेका हुन् ।

बालबालिकालाई भविष्यका कर्णधार बताउँदै उनले स्वास्थ्य, शिक्षा, बालअधिकार सुनिश्चित गरेर देश निर्माणमा लगाउनुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य ललितकला गुरुङले बालमैत्री घोषणा कार्यान्वयनका लागि सबैले आआफ्नो तहबाट अनुगमन निरन्तर गर्नुपर्ने बताइन् । यसका लागि सबै वर्ग–समुदाय चनाखो भएर लाग्नुपर्ने उनको भनाइ छ । पैयुँ गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले गाउँपालिकाका सबै वडालाई बालमैत्री घोषणाका लागि आधारभूत पूर्वाधारहरू तयार गरिरहेको बताए ।

उनका अनुसार हरेक वडामा बालमैत्री पार्क निर्माण, विद्यालय तथा अन्य संरचना, निर्णय र प्रक्रियामा बालबालिकाको सहभागिता, बालविवाह र बालश्रमिक अन्त्यजस्ता विषयमा ध्यान दिइएको छ । बालमैत्री हुन बाल बचाउ, बालसंरक्षण, बालविकास, बालसहभागिता र संस्थागत विकाससम्बन्धी सबै सूचक पूरा हुनुपर्छ ।

वडाध्यक्ष भीमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति मनोहर बी पौडेल, केन्द्रीय बालकल्याण समितिका कृष्णप्रसाद भुसाल, पूर्व जिविस उपसभापति राम शर्मा, नेकपाका पैयुँ गाउँपालिका संयोजक चोकलाल न्यौपाने, स्वास्थ्य स्वयंसेविका पेमा भण्डारी, भोर्ले बाल सञ्जालकी अध्यक्ष नवीना शर्मालगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बालमैत्री घोषणाका लागि सहयोग पु¥याउने जनप्रतिनिधि, दलका विशिष्ट व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, त्यहाँका कर्मचारी, वडा नं. ७ का सर्वसाधारण, सञ्चारकर्मीलगायतलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो । घोषणाअघि पन्चैबाजासहित विभिन्न विद्यालय, बाल सञ्जालका बालबालिका, समाजसेवी, बुद्धिजीवीलगायतको सहभागितामा ¥याली निकालिएको थियो ।

महाशिलाको बजेट

पर्वतका स्थानीय तहमध्ये बजेट सार्वजनिक गर्नेमा महाशिला गाउँपालिका पहिलो बनेको छ । पहिलो सत्रमा नीति तथा कार्यक्रम र दोस्रो सत्रमा बजेट सार्वजनिक गरिएको हो ।

गाउँपालिकाले ३४ करोड ७४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कृषि, पशुपालन, सडक पूर्वाधार, पर्यटन, शिक्षालगायत विषयलाई महत्व दिइएको अध्यक्ष राजुप्रसाद पौडेलले बताए । विगतका लोकप्रिय कार्यक्रमलाई यस वर्ष पनि महत्व दिइएको उनको भनाइ छ ।

कृषि–उपजको उत्पादन वृद्धि, स्थानीय स्तरमा रोजगारी सिर्जना, स्रोत–साधनको उच्चतम प्रयोग गरी आर्थिक उपार्जन गर्ने बजेटको लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung