राप्रपा अध्यक्ष कमल थापाले हवन कुण्डको गजुर स्थापना गरेका छन् । बागलुङ नगरपालिका–४ कुडुलेमा रहेको रंगवैंकटेश मुक्तिनारायण मन्दिरको गजुर स्थापना गरेका हुन् ।
राप्रपा बागलुङ जिल्ला सदस्य डिल्लीप्रसाद आचार्यकी आमा देवनायकी र बुबा मोतिलाल आर्चायको स्मृतिमा तिरुपति बालाजी धाममा गजुर स्थापना गरिएको हो ।

गजुर स्थापना गर्दै राप्रपा अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र कायम भए मात्रै सबै धर्मको रक्षा र सद्भाव कायम हुने बताए । मठमन्दिरले हिन्दु परम्परालाई जोगाइराख्ने बताउँदै यस्ता सम्पदाको संरक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा राप्रपा बागलुङका जिल्ला अध्यक्ष सुरेन्द्र खड्का, मन्दिरको संस्थापक स्वामी ऋषि ,मुक्तिनाथ बेद विद्याश्रम संस्कृत माविका प्रध्यानाध्यापक शान्ति ज्ञवाली लगायतको उपस्थिति थियो । पार्टीको प्रशिक्षण कार्यक्रममा बागलुङ पुगेका बेला थापाले गजुर स्थापना गरेका हुन् ।




















































































































































































































