१४ कार्तिक २०८३, शुक्रबार

 

आठ घण्टापछि खुल्यो बागलुङ–बुर्तिवाङ सडक

अवरुद्ध सडक, अलपत्र यात्री र भत्किएको घर ।

बागलुङ–बुर्तिवाङ सडकखण्डको बडिगाड–२ राक्सेमा पहिरो तथा पर्खाल भत्किँदा थुनिएको बाटो शनिबार सञ्चालनमा आएको छ । शुक्रबार रातिदेखि रोकिएको आवागमन बडिगाड गाउँपालिकाको प्रयासमा सुचारु भएको हो ।

राक्से क्षेत्रका विभिन्न स्थानमा पहिरो जाँदा सडक आठ घण्टा थुनिएको थियो । पहिरोले स्थानीय अम्मरबहादुर विकको घर भत्काएको छ ।

वातावरणीय प्रभाव मूल्यांकनविनै खनिएका ग्रामीण सडक भेलले समेत बगाउने गरेको छ । अवरुद्ध सडक खुलाउन डोजरसहित पुगेका गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको टोलीलाई केही बेर स्थानीयले अवरोध गरेका थिए । साना खोल्साहरूमा सडक निर्माण गर्दा हुन सक्ने जोखिम ख्याल नगरी ह्युमपाइप राखिएको र त्यसैले गर्दा समस्या निम्तिएको उनीहरूको आरोप छ ।

स्थानीयले उक्त स्थानमा पक्की पुल बनाउन माग राखेका छन् । त्यस्तै पहिरोले स्थानीयले उपयोग गर्दै आएको खानेपानी तथा सिँचाइ नहर बगाएको छ ।

नहर बगाउँदा झन्डै ५ सय मुरी धान फल्ने खेतमा समस्या भएको छ । धान रोप्ने दिन नजिकिएका बेला नहर बगाएपछि समस्यामा परेको स्थानीय प्रेमलाल अर्यालले बताए । ट्यांकी बगाएपछि राख्से, बडहरेलगायत क्षेत्रमा खानेपानी अभाव भएको छ । त्यस्तै क्षेत्रे, खर्वाङ, रिघाफेँदीलगायत स्थानमा पहिरोले सडकमा क्षति पु¥याएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung