६ जेष्ठ २०८१, आईतवार

 

प्रभु लाइफले माग्यो २ सय कर्मचारी

प्रभु बैंकले जीवन बीमा व्यवसाय देशव्यापी प्रदेश स्तरीय शाखा कार्यालयका लागि दुईसय २२ जना भन्दा धेरै कर्मचारी माग गरेको छ। त्यस्तै कामना सेवा विकास बैंकले सञ्चालनमा रहेका तथा नयाँ स्थापना हुन लागेका शाखा कार्यालयको लागि कर्मचारी मागेको छ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश स्तरीय शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ। कम्पनीले हरेक शाखा कार्यलयको लागि ब्रान्च म्यानेजर, सब ब्रान्च इन्चार्ज, बैंकास्योरेन्स र अप्रेसन इन्चार्जका लागि विज्ञापन आह्वान गरेको छ।

कम्पनीले नयाँ ७४ वटा शाखा कार्यालयका लागि कर्मचारी मागेको हो। हरेक शाखामा एक जना ब्रान्च म्यानेजर, र दुई जनाको दरले इन्चार्ज नियुक्त गर्दा पनि कम्तिमा दुई सय २२ जना कर्मचारी नियुक्त गर्ने छ। कम्पनीले जीवन बीमा व्यवसायलाई देशव्यापी बनाउन नयाँ शाखा कार्यालय खोल्न लागेको जनाएको छ।

ब्रान्च म्यानेजर पदका लागि कम्तिमा पनि स्नातकोत्तर गरी न्युनतम दुई वर्षको कार्यानुभव हुनु पर्नेछ। इच्छुक आवेदकले साउन १५ गतेसम्ममा अनलाइन आवेदन दिन सक्ने छन्। कम्पनीले स्थानीय आवेदकलाई प्राथमिकता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्