१४ कार्तिक २०८३, शुक्रबार

 

हेलिकोप्टर लिएर घाइतेको उद्धारमा सांसद पौडेल

अविरल वर्षाका कारण बागलुङको तमानखोला गाउँपालिका –४ लाम्मेलामा पहिराले घर पुरिँदा ३ जनाको ज्यान गएको छ । ७ जना घाइते छन् ।

आइतबार राति पहिरोमा परी स्थानीय पन्चकुमारी श्रीपाली, असारी श्रीपाली र प्रवीण श्रीपालीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

पहिरोमा परी घाइते भएका ७ जना मध्ये ३ जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि पोखरा ल्याइएको छ ।

घाइते ३ जनाको अवस्था गम्भीर रहेको भन्दै सांसद देवेन्द्र पौडेलले गृहमन्त्रालयसँग समन्वय गरी उद्धारका लागि हेलिकोप्टर लिएर घटनास्थलमै पुगेकाे बताएका छन् ।

घाइतेमध्ये रामबहादुर श्रीपाली, अनिल श्रीपाली र ओमबहादुर श्रीपालीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि गण्डकी हस्पिटल ल्याइएको सांसद देवेन्द्र पौडेलले नयाँ विश्वलाई जानकारी दिए ।

घाइतेहरु मध्ये ३ जनालाई उपचारका लागि पोखराको गण्डकी हस्पिटलमा ल्याएको छौं सांसद पौडेलले भने, ‘घाइतेहरुको अवस्था खतरामुक्त छ उनीहरुको उपचार खर्चका लागि सरकारसँग आवश्यक पहल गर्छु ।’

पहिरोमा परी घाइते भएकी सुनिता श्रीपाली, कमल श्रीपाली, देवी श्रीपाली र अमसरा श्रीपालीको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट गएको डाक्टरहरुको टोलीले स्थानीय लाममेला सामुदायिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिरहेकाे इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्त्र नेपालले जानकारी दिए । पहिरोबाट ४ घर पूर्णरूपमा क्षति भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung