१४ कार्तिक २०८३, शुक्रबार

 

जैमिनीमा एनसेलकाे टावरमा आगजनी

बागलुङको जैमिनी नगरपालिका– ७ जैदी व्यारथला मैदानस्थित एनसेल टावरमा आगजनी भएको छ ।

अज्ञात समूहद्वारा तेल छर्केर शुक्रबार राति आजगनी भएकाे प्रहरीले जनाएको छ ।

आगजनीबाट एनसेल टावरको व्याट्रीका तारहरु जलेर नष्ट भएका छन् ।

आगो शुक्रबार राति नै नियन्त्रणमा आएकोले बढी क्षति हुनबाट जोगिएको इलाका प्रहरी कार्यालय बरेङ डाँडाका प्रहरी नायब निरीक्षक दानबहादुर केसीले बताए ।

आगजनी कसले र किन गरेकाे  भन्ने खुलेको छैन् । टावरमा आगजनीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung