१४ कार्तिक २०८३, शुक्रबार

 

जन्मदिनमा आश्रमलाई सहयोग

धौलागिरि अञ्चल अस्पताल बागलुङका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालले मानवसेवा आश्रम बागलुङलाई सहयोग गरेका छन् ।

बागलुङ नगरपालिका–२ निवासी उनले छोरी डा. गरिमाको जन्मदिनका अवसरमा आश्रितहरूलाई बिहानीको भोजनसहित आश्रमलाई ६ हजार ३० रुपैयाँ सहयोग गरेका हुन् ।

आश्रमलाई सहयोग गर्न पाउँदा खुसी लागेको जनाउँदै उनले आगामी दिनमा पनि यसलाई निरन्तर राख्ने बताए ।

साबिक धौलागिरि अञ्चलका चार जिल्ला बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङलाई सडक मानवमुक्त बनाउन क्रियाशील आश्रमलाई विभिन्न संघसंस्था र व्यक्तिहरूले पुण्यतिथि, विवाह, व्रतबन्ध, जन्मदिनको अवसरमा नगद तथा खाद्यान्न सहयोग गर्दै आएका छन् । दाताहरूको सहयोगबाटै आश्रम चलिरहेको आश्रमकी सहजकर्ता सुमीरा लामाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung