४ जेष्ठ २०८१, शुक्रबार

 

नेपाल बंगलादेशलाई हराउनुपर्ने दबाबमा

श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपालले आज (आईतबार) बंगलादेशसंग खेल्दैछ ।

प्रतियोगितामा नेपाल ‘गर वा मर’को अवस्थामा छ । अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउन नेपाल जित्नैपर्ने दबाबमा छ ।शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएपछि अघिल्लो चरण कठिन भएको हो ।

नेपालले आईतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल विजयी भए अघिल्लो चरणको सम्भावना कायमै रहनेछ । कोलम्बोमा हुने खेल बिहान सवाँ १० बजे सुरु हुनेछ ।

समूह चरणको अन्तिम खेल मंगलबार युएईसंग खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाईनलमा पुग्नेछन् ।

प्रतिक्रिया दिनुहोस्