बागलुङ जिल्लाको गलकोट नगरपालिका ७ मल्म खोलापारीमा अवस्थित मुलपानी सप्ताहघाट महिला समुहले स्थानिय सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।
गलकोट नगरपालिका ७ मल्म सप्ताहघाटको प्रगति आधारभुत विद्यालयलाई नगद १ लाख र खड्ग कालिका मन्दिरलाई नगद ५० हजार आर्थिक सहयोग गरेको छ ।
वि.सं २०४७ सालमा स्थापना भएको विद्यालयले समयको आवश्यकता अनुरुप वि.सं २०६९ साल देखि अङग्रेजी माध्ययमबाट पठनपाठन सुरु गरेको छ ।

वि.सं २०६४ सालमा स्थापना भएको महिला समुहले वि.सं २०६६ सालमा सामाजिक संस्था घुम्टे युवा परिवारको प्राङगढमा पक्की मञ्च र स्वागत द्वार निर्माण गरेको थियो । समुहले स्थानिय स्तरमा विभिन्न सामाजिक कृयाकलाप तथा गतिविधीहरु गर्दै आईरहेको छ ।
महिला समुहले आर्थिक सहयोग गरेको भन्दै प्रगति आधारभुत विद्यालय र खडग कालिका भगवती गुठीले हार्दिक कृतज्ञता समेत प्रकट गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर थापाले बताए ।
गाउँघरमा हिजो आज आमा दिदीबहिनीहरु समुह गठन गरि अाय अार्जनका लागि क्रियाशिल हुन लागेका छन । आमा तथा महिला समुहको स्थापना गरि समाजमा हुने हरेक सामाजिक गतिविधीमा उनीहरू जोडिने गरेका छन् ।



















































































































































































































