बागलुङ नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले नगरपालिका भित्र संचालित विद्यालयहरुलाई दिवा समयमा संचालन गर्न लिखित निर्देशन गरेको छ । साथै नगरभित्रका शैक्षिक संस्थाहरुलाई शिक्षा विभागको निर्देशनलाई पालना गर्न आग्रह गरिएको छ ।
निर्देशनको पालना नगरिए कानुन बमोजिम कारवाही गर्ने चेतावानी दिइएको छ । नगरपालिका शिक्षा शाखाका प्रमुख दण्डपाणी शर्माले नगरपालिकामा दिवा समयमा कक्षा संचालन गर्न यसअघि ०७३ असार २१ गते पहिलो पटक निर्देशन गरेको परिपत्र गरेको भएपनि पालना नभएको जानकारी गराएका छन् । शाखाले नगरक्षेत्रका सरकार, सामुदायिक तथा निजी विद्यालय तथा उमाबिका प्रअहरुको उपस्थितीमा गत साता पनि जानकारी गराएको छ ।
विद्यालयहरुलाई शिक्षा विभागको निर्देशनमा आधारित रहेर तीन वर्षदेखि निरन्तर आग्रह गरिएपनि अटेरी भैरहेकाेले यस्ताे निर्देशन गर्नु परेकाे शाखाले जनाएकाे छ । शाखाले अटेरी गर्ने विद्यालयहरुलाई कारवाही किन नगर्ने भन्ने व्यहोराको पत्रचार गरेको छ ।
कारणवश दिवा समयका अतिरिक्त कक्षा संचालन गर्ने बालकक्षादेखि कक्षा ११ र १२ का संचालकहरुलाई शाखामा उपस्थित भएर स्ष्पष्टीकरण पेश गर्न शाखाले आग्रह गरेको छ ।स्पष्टीकरण चित्त नबुझ्दो भएमा पनि कारवाही गरिने चेतावानी शाखाले दिएको छ ।
बागलुङ बजार वडा नं ३ राधाकृष्ण टोल रहेको विद्यामन्दिर माविले कक्षा ११ को पढाई भदौ १५ गतेदेखि दिउँसो संचालन गरेको छ ।कक्षा १२ को पढाई पनि छिटटै दिउँसो संचालन गर्न लागेको विद्यामन्दिर माविको प्रधानाध्यापक शान्तामणि ढकालले बताए ।
बागलुङ बजार वडा नं ३ नयाँ बजारमा रहेको कालिका कन्या माविले मंसिर १ गतेदेखि कक्षा ११ को पढाई दिउँसो संचालनमा ल्याएको छ ।बलेवाको गणेश माविले कक्षा ११ र १२ को पढाई विहानै पढाई रहेको छ ।बागलुङ बजारको ८ वटा निजी विद्यालयहरुले कक्षा ११ र १२ को पढाई विहानै संचालन गरि रहेको छ ।
जनशक्ति र पूर्वाधारको बहाना गरेर निजी विद्यालय र सरकारी विद्यालयहरुले विद्यार्थीहरुको शैक्षिक अधिकार हनन गरी रहेको नेविसंघको बागलुङ अध्यक्ष खड्का थापाले नयाँ विश्वलाई बताए ।
हामीले धेरै पहिलेदेखि दिउँसो पढाउनु पर्छ भनेर आन्दोलन गरेको हो ,यसलाई कार्यान्वयन गर्ने निकायले कानुनलाई कडाई पूर्वक लागु गर्नु पर्छ थापाले भने । यो अभियान पूर्वाधार भएको र सक्षम निजी विद्यालयहरुले कक्षा ११ र १२ को पढाई दिउँसो चलाउँन अटेर गरी रहेको छ ।




















































































































































































































