१४ कार्तिक २०८३, शुक्रबार

 

त्रिचन्द्र क्याम्पसका प्रमुख न्यौपानेमाथि हातपात

त्रिचन्द्र क्याम्पसका प्रमुख प्रदीपबहादुर न्यौपानेमाथि आज विद्यार्थीको एक समूहले हातपात गरेकाे छ ।
विज्ञान संकायमा वृद्धि गरिएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारूढ नेकपा र नेपाली कांग्रेसनिकट विद्यार्थीले न्यौपानेमाथि हातपात गरेका हुन् ।

न्यौपानेलाई प्रहरीले उद्धार गरी उपचारका लागि वीर अस्पताल लगेकाे छ । २ जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung