सगरमाथा आरोहणको अभियान थालेका बागलुङका दृष्टिविहीन अमिट केसीलाई व्यवसायीले सहयोग गरेका छन् ।
दक्षिणकाली क्रसर व्यवसायी एवं रोटरी क्लब अफ पर्वतका पूर्वअध्यक्ष विप्लव हमालले केसीलाई १० हजार रुपैयाँ सहयोग गरेका हुन् । २९८औं पृथ्वी जयन्तीको अवसर पारेर हमालले केसीको अभियान सफलताको कामना गर्दै उक्त रकम हस्तान्तरण गरे ।
रकम पाएपछि केसीले आफ्नो अभियानमा सबैको चासो र सहयोग आउने क्रम बढेको बताए । सबैको साथ पाएकै कारण यसअघि पनि सगरमाथा चढ्न सकेको उनले बताए । तीन वर्षअघि सगरमाथा चढ्न गएका बेला केसीको टोली प्रतिकूल मौसमका कारण ८ हजार मिटरमा पुगेर फर्केको थियो । रकमको जोहो भए आगामी वैशाखमा केसी फेरि सगरमाथा चढ्ने तयारीमा छन् ।



















































































































































































































