१५ कार्तिक २०८३, शनिबार

 

पशुस्वास्थ्य प्राविधिक संघमा ढकाल

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ बागलुङको अध्यक्षमा कृष्णप्रसाद ढकाल चयन भएका छन् । संघको शनिबार आयोजित साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा यामकुमारी घर्ती, सचिवमा रामप्रसाद कँडेल, सहसचिव रामचन्द्र सापकोटा, कोषाध्यक्षमा राजन सुवेदी छन् । त्यसै गरी सदस्यमा टेकमाया खड्का, मीनबहादुर सुनार, रवीन्द्र शर्मा, प्रवेश सापकोटा, उमेश आचार्य र सञ्जय श्रेष्ठ छन् ।

अधिवेशनले महाधिवेशन प्रतिनिधिमा बलराम अधिकारी, फणीन्द्र चापागार्इं, मनीषा कोइरालालाई चयन गरेको निर्वाचन समितिका संयोजक एवं केन्द्रीय प्रतिनिधि प्रताप पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung