एक हप्तादेखि बागलुङकी एक बालिका बेपत्ता भएकी छन् । काठेखोला गाउँपालिका–७ रेसकी १२ वर्षीया सन्ध्या बस्याल सम्पर्कविहीन भएको परिवारले जनाएको छ ।
नवीन बस्याल र ममिकला चर्मकारीकी छोरी सन्ध्या माग १७ गतेदेखि बेपत्ता भएकी हुन् ।
परिवारले खोजतलासका लागि गाउँपालिका, वडा कार्यालय तथा प्रहरीमा हुलियासहित निवेदन दिएका छन् ।
प्रहरीले मातहतका सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्यमा लागेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टका अनुसार बालिका अझै सम्पर्कमा आएकी छैनन् ।



















































































































































































































