ताराखोला गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा आज सार्वजानिक बिदा दिएको छ । माघ २७ गतेको कार्यापालिकाको निर्णय अनुसार जनयुद्ध दिवसको अवसरमा (आज) फागनु १ गते सार्वजानिक बिदा दिने निर्णय गरेको थियो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत उदित थापाले बुधवार सूचना प्रकाशित गरी फागुन १ गते सार्वजनिक विदा घोषणा गरिएको जनाएका छन।
‘फागुन १ गते ऐतिहासिक जनयुद्ध दिवसको अवसरमा यस ताराखोला गाउँपालिका अन्तरगतका सम्पूर्ण सरकारी कार्यालयहरु तथा सार्वजनिक विद्यालयहरु बन्द रहने कुरा सम्पूर्ण सरोकारवालाहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ सूचनामा भनिएको छ । तत्कालीन नेकपा माओवादीको आधारभुमी मानिएको ताराखोला क्षेत्रमा १० वर्षे जनयुद्धको समयमा स्थानीय २३ जनाको मृत्यु भएको थियो भने अहिले पनि २ जना वेपत्ता छन ।



















































































































































































































