नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङको सभापतिमा जब्बरबहादुर लामिछाने निर्विरोध निर्वाचित भएका छन् । ३०औं अधिवेशनले अन्य पदाधिकारी र सदस्य पनि निर्विरोध चयन गरेको छ ।
शाखाको महिला उप–सभापतिमा उषा पौडेल, खुल्ला उप–सभापतिमा राजेन्द्र आचार्य, मन्त्रीमा विकास पौडेल, कोषाध्यक्षमा श्रीधर कंडेल, उप–मन्त्रीमा मेषलाल शर्मा, उप–कोषाध्यक्षमा विष्णुप्रसाद सापकोटा चुनिएको मुख्य निर्वाचन अधिकारी सूर्यप्रसाद ढकालले जानकारी दिए ।
त्यसै गरी सदस्यहरूमा सीता शर्मा, मायाकुमारी केसी, मनकुमारी बुढाथोकी, सुमन भुसाल, विष्णुप्रसाद शर्मा, तेजप्रसाद शर्मा, ढालेन्द्रप्रसाद गौतम, लक्ष्मण खड्का, ताराबहादुर विश्वकर्मा र भुवानीप्रसाद कँडेल छन् ।
मंगलबारसुरु भएको अधिवेशनमा मनोनयन दर्तासँगै बुधबार निर्वाचन प्रक्रिया अगाडि बढाइएको थियो । खुला सदस्यमा मनोनयन दर्ता गराएका १० मध्ये ३ जनाले फिर्ता लिएपछि सबै पदमा निर्विरोध भएको ढकालले बताए । निर्वाचित पदाधिकारी तथा सदस्यलाई बुधबारै शपथ गराइएको छ ।



















































































































































































































