नेपाल उद्योग वाणिज्य संघ, गण्डकी प्रदेशले आसन्न महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका रूपमा चन्द्र ढकाललाई समर्थन गर्ने भएको छ । महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा बसेको बैठकले बागलुङका ढकाललाई सर्वसम्मत रूपले वरिष्ठ उपाध्यक्षमा सघाउने निर्णय गरेको हो ।
बागलुङको बलेवामा जन्मेर सानै उमेरमा व्यावसायिक सफलता हासिल गरेका ढकाल गण्डकी प्रदेशका सफल व्यवसायी हुन् भन्ने महासंघ गण्डकीको ठहर रहेको छ ।



















































































































































































































