१६ कार्तिक २०८३, आईतवार

 

माले नेता सीपी मैनाली चढेको कार दुर्घटना,परिवारका ५ जना घाइते

पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले)  का महासचिव सीपी मैनाली सवार कार दुर्घटना भएकाे छ । दुर्घटनामा परेर मैनाली गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार उनको टाउकोमा गहिरो चोट लागेको छ भने उनकी बुहारी, नाती र चालक गरी पाँच जना घाइते भएका छन् । बीपी राजमार्गस्थित महोत्तरीको बर्दिवास नगरपालिका ३ कालापानीमा दुर्घटना भएको हो । झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनाली परिवार सवार रहेको बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअप आपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मनौलीका छोरा ३० वर्षीय सरोज, बुहारी पूजा ढुंगाना मैनाली, ५ वर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् । दुर्घटनामा  बुहारी समेत गम्भीर घाइते भएकी छन् । उनीहरुको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको जनाइएको छ । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung