विभिन्न होटल, रेस्टुरेन्ट तथा खाजा घरबाट अनैतिक कार्य गरिरहेका १६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीले ती स्थानमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । अनैतिक कार्य भइरहेको सूचनाका आधारमा छापा मारेर ८ पुरुष र ८ जना महिलालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त जगातीका प्रमुख डीएसपी चक्रराज जोशीले जानकारी दिए ।
जगाती क्षेत्रका होटल छाडा यौन संस्कृतिको अखडा बन्न थालेपछि प्रहरीले विशेष शुद्धीकरण अभियान सुरु गरेर ‘स्विप अपरेसन’ चलाएको डीएसपी जोशीको भनाइ छ। नियन्त्रणमा लिएकाहरू महिला तथा पुरुषहरुलाई सामाजिक परामर्शसमेत दिइने भएको छ।



















































































































































































































