१६ कार्तिक २०८३, आईतवार

 

राष्ट्रिय सभाका तर्फबाट प्रम ओलीलाई स्वास्थ्यलाभको कामना

राष्ट्रिय सभा बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण भइरहँदा स्वास्थ्यलाभको कामना गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बैठकको अन्त्यमा सभाका तर्फबाट यस्तो कामना गरेका हुन् ।

आज नवनियुक्त राष्ट्रिय सभाका एक चौथाइ सदस्यहरूलाई शपथ खुवाए पछि सुरु भएको बैठकमा अध्यक्ष तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अर्थ र सूचना तथा सञ्चारमन्त्रीमा युवराज खतिवडालाई नियुक्त गरिएको जानकारी पत्र बैठकलाई अवगत गराएका थिए । त्यसै गरी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अनुमतिमा अख्तियार दुरुपयोग आयोगको वार्षिक प्रतिवेदनबारे गृहमन्त्री रामबहादुर थापाले सदनलाई जानकारी गराए । बैठकमा आजै शपथ लिएका सांसदका तर्फबाट नारायणकाजी श्रेष्ठलगायतले राष्ट्रिय सभाको गरिमा कायम गर्ने प्रतिबद्धता गरे ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung