१६ कार्तिक २०८३, आईतवार

 

बहराइनमा तीन नेपाली सङ्क्रमित

बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण देखिएको छ । कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी गराएका छन् ।

सुन्दासका अनुसार अन्य तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न र कुनै समस्या भएमा नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत सुन्दासले आग्रह गरेका छन् । सुरक्षा सतर्कता अपनाउने र बहराइन सरकारले सबै विदेशी नागरिकलाई आफ्नै नागरिक सरह व्यवस्था मिलाएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung