आजपनि देशभरको मौसम आंशिक बदली रही अधिकाँश स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विगत चार दिनदेखि देशभर परिररहेको पानीले विनाश निम्ताईरहेका बेला आज पनि वर्षाको निरन्तरता रहेको जनाउदै उच्च सर्तकर्ता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
आज देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का र मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन् ।
देशका विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि मौसमविदले आग्रह गरेका छन् ।
देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली तथा वर्षा भैरहेको मौसमविद्ले बताएका छन् । यस्तै मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग बाट केही दक्षिण तिर सरेको महाशाखाको भनाई छ ।
देशभर अहिले आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का र मध्यम वर्षा जारी छ ।
मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी गराएका छन् ।



















































































































































































































