१६ कार्तिक २०८३, आईतवार

 

विद्यालयका चार सय विद्यार्थीलाई कपडा सहयोग

रोटरी क्लब आइएचओ पोमरी र रोटरी क्लब अफ त्रिपुरेश्वरले ४ सय विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । क्लबले काठमाडौंको ककनीस्थित भवानी माध्यमिक विद्यालयका ४ सय विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको हो ।

विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको क्लबले डेढ लाख बराबरको कपडा सहयोग गरेको रोटरी क्लब अफ त्रिपुरेश्वरका सचिव सुनिलसन शाक्यले जानकारी दिए ।

विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीलाई जाडोको समयमा सहज होस् भन्ने उद्देश्यले सहयोग गरेको अध्यक्ष भृुवन श्रेष्ठले बताए ।

विद्यालयको शैक्षिक सुधारमा पहिलेदेखि सहयोग गर्दै आइरहेको रोटरी क्लब अफ त्रिपुरेश्वरका पूर्वअध्यक्ष भरतकुमार श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung