१५ कार्तिक २०८३, शनिबार

 

रोटरी क्लव अफ बागलुङद्वारा ‘स्कुल फर्क’ अभियानका अभियान्तालाई सम्मान

रोटरी क्लब अफ बागलुङले स्कुल फर्क अभियानका डिस्ट्रिक्ट कोचियर भरतकुमार श्रेष्ठलाई सम्मान गरेको छ ।बिहीबार साप्ताहिक कार्यक्रम अन्तर्गत रोटरी क्लव अफ बागलुङले बालबालिकालाई निःशुल्क स्कुल फर्क अभियान चलाइरहेका अभियान्ता श्रेष्ठलाई सम्मान गरेको हो ।

कार्यक्रममा अवसरमा श्रेष्ठले स्कुल फर्क अभियान अन्तर्गत दुर्गम गाउँका ८ सय ५ जना विद्यार्थीलाई निःशुल्क पढाई रहेको बताएका थिए ।


सो अवसरमा रोटरी क्लब अफ त्रिपुरेश्वर काठमाडौंकी सदस्य एवम् बागलुङ कल्याण केन्द्र काठमाडौंकी उपाध्यक्ष रसुमिला श्रेष्ठलाई पनि क्लबले सम्मान गरेको छ ।

कार्याक्रममा  रोटरी क्लब अफ त्रिपुरेश्वरका पूर्वअध्यक्ष तथा स्कुल फर्क अभियानका डिस्टिक कोचियर भरतकुमार श्रेष्ठ,रोटरी क्लब अफ त्रिपुरेश्वर काठमाडौंकी सदस्य एवम् बागलुङ कल्याण केन्द्र काठमाडौंकी उपाध्यक्ष रसुमिला श्रेष्ठ र रोटरी क्लव अफ बागलुङका अध्यक्ष दयाराम पौडेलले मन्तव्य वक्त गरेका थिए ।

बिहीबार भएको कार्यक्रममा क्लवका अध्यक्ष दयाराम पौडेलको अध्यक्षता पूर्व अध्यक्ष बालकृष्ण शर्माको स्वागत र सचिव रामकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung