रोटरी क्लब अफ काष्ठमाडप र रोटरी क्लब अफ न्यूरोड पोखराले बागलुङ जैमिनीको एक विद्यालयलाई ह्वीलचियर र न्यायो कपडा सहयोग गरेको छ ।क्लबले बागलुङको जैमिनीमा रहेको जनचेतना मावि र बुर्तिबाङको एक जना अशक्तलाई ह्वीलचियर र न्यानो कपडा सहयोग गरेको हो ।
रोटरी क्लब अफ बागलुङले त्यसको संयोजन गरेको थियो ।रोटरी क्लव अफ बागलुङ अध्यक्ष दयाराम पौडलका अनुसार शारीरिक रुपमा अशक्त विद्यार्थीलाई सहज होस् भन्ने उद्देश्यले ह्वीलचियर र न्यायो कपडा सहयोग गरिएको हो ।
कार्यक्रममा रोटरी क्लब अफ पोखरा न्यूरोडका पूर्वअध्यक्ष पुष्पकमल पौडेल र काष्ठमाडपका पूर्वअध्यक्ष निराजन भट्राईले सो विषयमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा रोटरी क्लब अफ बागलुङका पूर्वअध्यक्ष भवनराज बराल, सदस्य दीपक शर्मा र रामु पाण्डेले मन्तव्य राखेका थिए ।रोटरी क्लव अफ न्युरोड पोखराका अध्यक्ष पशुपति शर्माको अध्यक्षता रहेको कार्यक्रममा रोटरी क्लब अफ बागलुङका अध्यक्ष दयाराम पौडेलको स्वागत र आरसी रामवित्रम अधिकारीले सञ्चालन गरेका थिए ।



















































































































































































































