बागलुङ नगरपालिका–४ फेदीमा विष्णुयाग धनधान्यञ्चल महामहोत्सव गरिने भएको छ । बैशाख २८ गतेदेखि तिरपति बालाजीधाम मन्दिरमा महामहोत्सव गरिने भएको हो ।
सोही अवसरमा कमलनयन गुरुको आतिथ्यतामा काठमाडौंमा समन्वय समिति गठन गरिएको छ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी सहल्लाहकार रसुमिला श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले महामहोत्सवका लागि आर्थिक एवम् अन्य कुराको समन्वय गर्ने छ ।
कार्याक्रममा विष्णुयाग धनधान्यञ्चल महामहोत्सवका मुख्य संरक्षक तथा स्वामी कमलनयन,बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी उपाध्यक्ष रसुमिला श्रेष्ठ, विष्णुयाग धनधान्यञ्चल महामहोत्सवका अध्यक्ष आनन्द प्रकाश राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्याक्रम विष्णुयाग धनधान्यञ्चल महामहोत्सवका अध्यक्ष आनन्द प्रकाश राजभण्डारीको अध्यक्षतामा र संचालन स्वामी ऋषिले गरेका थिए ।













































































































































































































