अधिवक्ता वीरभद्र जोशीले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै पुनःस्थापनाको माग गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको आफ्नो रिटमाथि बिहीबार बहसका क्रममा उनले भने, ‘मध्यरातमा समय नदिई विघटन भयो ।
राष्ट्रपतिले भनेको मार्ग प्रशस्त के हो रु प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएँ भने पनि स्पष्ट छैन । तसर्थ, पुनस् स्थापना होस् ।’
यस्तै अधिवक्ता तुलसी पराजुलीले ओलीले विश्वासको मत नलिई राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको जिकिर गरे ।
‘धारा ७६ ९३० बमोजिम नियुक्त हुनेले ४ बमोजिम विश्वासको मत लिनुपर्नेमा उपधारा ५ मा जानु गैरसंवैधानिक छ,’ उनको जिकिर छ । प्रधानन्यायाधीशको एकल पूर्ण इजलासमा अहिले अजय बुढाथोकीको रिटमा बहस जारी छ ।
















































































































































































