प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको छ । सोमबार सुनुवाइ सकिएसँगै संवैधानिक इजलासले फैसला सुनाउने मिति तय गरेको हो ।
सोमबार रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय दिएका थिए। मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
जसविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बहस भएको हो।
संवैधानिक इजालासमा प्रधान्यायाधीशसँगै न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई छन्।
















































































































































































