१६ कार्तिक २०८३, आईतवार

 

सुरक्षित प्रसूति गराउन स्वास्थ्यचौकीलाई दाताको भरथेग

गलकोटस्थित हटिया स्वास्थ्यचौकीमा वर्षमा डेढ सयभन्दा बढी महिला सुत्केरी हुन आउँछन् । तर यहाँ सुरक्षित प्रसूति गराउन पर्याप्त उपकरण र सामग्री थिएनन् ।

भिडियो एक्सरे गर्न ५० किमि टाढा सदरमुकाम आउनुपथ्र्यो । स्थानीयले पटकपटक स्वास्थ्य सेवा विस्तार र उपकरण जडान गर्न माग गर्दै आएका थिए । यस्तै समस्या तमानखोलाको बोङगादोभान, निसीखोलाको झिंवाखोला स्वास्थ्यचौकी र ढोरपाटन नगरको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा समेत थियो ।

‘बिरामी राख्ने बेडमा सुत्केरी गराउनुपथ्र्यो, अहिले सुविधासम्पन्न बेड आएको छ,’ हटिया स्वास्थ्यचौकीका प्रमुख डिलु सुवेदीले भने । स्वास्थ्य चौकीमा फेयरमेड फाउन्डेसन र यहाँको बीवाईसीले लाखौं रुपैयाँबराबरको सामान सहयोग गरेको हो । फाउन्डेसनले झन्डै १ लाख रुपैयाँ पर्ने बेडसहित ५० लाख रुपैयाँभन्दा बढीको सामान सहयोग गरेको सुवेदीले बताए ।

यस्तै बर्थिङ सेन्टरलाई आवश्यक पर्ने भिडियो एक्सरे, माइक्रोस्कोप, ल्याबका लागि सबै प्रकारका उपकरण र रगत परीक्षण गर्ने मेसिनसमेत सहयोग गरिएको छ ।

सुत्केरी गराउनेसहित शिशु जन्मेपछि राख्ने ‘बेबी वार्मर’ मेसिनसमेत स्वास्थ्यचौकी तहमा पु¥याइएको हो । भिडियो एक्सरेका कारण बच्चाको अवस्था थाहा पाउन सदरमुकाम जानुपर्ने बाध्यता हटेको सुवेदीको भनाइ छ । रगत, दिसापिसाबसहित सुगरको परीक्षणसमेत स्वास्थ्यचौकी तहमै व्यवस्था भएको छ । यस्तो सेवा दुदिलाभाटी, नरेठाँटी, पाण्डवखानीलगायत स्वास्थ्यचौकीमा पनि छ ।

फाउन्डेसनले जिल्लाका ६ पालिकाका अधिकांश स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर स्थापना र सुरक्षित सुत्केरीका लागि चाहिने सामान दिएको हो ।

गलकोट, ढोरपाटन नगरपालिका, बडिगाड, तमान, निसी र बरेङ गाउँपालिकामा सहयोग बढाएको छ । ‘एउटा स्वास्थ्य संस्थामा अपरेसनबाहेकका सबै सेवा पाउने व्यवस्था बनाएका छौं,’ कार्यक्रम व्यवस्थापक गणेश बरुवालले भने, ‘बच्चाको मुखमा फोहोर जमेर मृत्यु हुने खतरासमेत टरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung