३ जेष्ठ २०८१, बिहीबार

 

इनर हुइल क्लब अफ बालाजुको अध्यक्षमा मानन्धर

इनर हुइल क्लब अफ बालाजुको १० औं साधारण सभा सम्पन्न भएको छ । बुधबार काठमाडौंमा भएको सभाबाट क्लवको अध्यक्षमा सहनशीला मानन्धर चुनिएकी छन् । क्लवकी वर्तमान अध्यक्ष सोनी श्रेष्ठका अनुसार क्लव १० औं वर्ष प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

२०१२ काठमाडौंमा स्थापना भएको क्लवले समाजका विपन्न परिवार, वालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष प्रा.डा. कुमुदीनी बज्राचार्य शाक्यलगायतको उपस्थिति रहेको थियो । वर्तमान अध्यक्ष साेनी श्रेष्ठले क्लवले सामाजिक क्षेत्रमा धेरै काम गरेको बताउँदै अझै प्रभावकारी कामको लागि शुभकामना व्यक्त गरिन् ।

 

प्रतिक्रिया दिनुहोस्