गलकोट नगरपालिका–७ मल्मका एक युवाले जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । सामाजिक संस्था घुम्टे युवा परिवारका सदस्य मल्म नयाँबस्ती निवासी भुमिराज थापाले मल्म सिरबारे निवासी गुमा परियारको परिवारलाई उनकै निवासमा पुगेर चामल, दाल, चिनी, नुन, तेल, कपी, कलम, साबुनलगायतका सामाग्री सहयोग हस्तान्तरण गरेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले जानकारी दिए ।
जन्मदिनको अवसरमा अन्य खर्च गर्नु भन्दा परोपकारी काम गरौं भन्ने हिसाबल नगद ६ हजारको खाद्यान्न सामाग्री सहयोग गरेको युवा समाजसेवी भुमिराज थापाले बताए । सो अवसरमा संस्थाका सदस्य रुद्र केसी, प्रकाश थापा, समाजसेवी राज कुमार दर्जी, डिलबहादुर परियार, अथक भित्रीकोटीलगायतको उपस्थिति रहेको थियो । टाउको, एक साईडको हात र खुट्टामा स्वास्थ्य समस्या भएपछि आर्थिक अभावका कारण उनलाई उपचार गर्न समस्या भएको थियो । सामाग्री ग्रहण गर्दै परियारले आफूलाई यस्तो अबस्थामा सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गरे ।
उक्त विषयमा विभिन्न सञ्चार माध्यममा समाचार प्रसारण प्रकाशन भएपछि उनलाई सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखा सहित विभिन्न देशमा रहेका नागरिकले आर्थिक सहयोग गरेका छन् ।



















































































































































































































