४ श्रावण २०८३, सोमबार

 

अवहेलना मुद्दामा चार पूर्वप्रधानन्यायाधीशलाई सफाइ

सर्वोच्च अदालतले अदालत अवहेलना मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशहरूलाई सफाइ दिएको छ।

सर्वोच्चले पूर्वप्रधान्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ण, सुशीला कार्कीलाई अवहेलना मुद्दामा शुक्रबार सफाइ दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजालसले अवहेलना मुद्दामा मागदाबी नपुगेको भन्दै उनीहरुलाई सफाइ दिने निर्णय लिएको हो।

२०७७ फागुनमा अधिवक्ताहरु लोचन भट्टराई र धनजीत बस्नेतले उनीहरुविरुद्ध रिट हालेका थिए। त्यसबेला पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले छुट्टै लिखित जवाफ सर्वोच्चमा पेश गरेका थिए। अन्य तीनजनाले संयुक्त लिखित जवाफ दिएका थिए।

चार पूर्वप्रधानन्यायाधीशले २०७७ पुस २४ गते विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ माग गरेको संसद विघटन निर्णयलाई असंवैधानिक भनेका थिए।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung