७ जेष्ठ २०८१, सोमबार

 

प्रधानन्यायाधीशको राजीनामा माग्दै बागलुङका कानुन व्यवसायीको धर्ना

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै उच्च अदालत पोखरा बागलुङ इजलासमा कानुन व्यवसायीहरुले धर्ना दिएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरिरहेको आन्दोलनमा एक्यबद्धता जनाउँदै बागलुङका कानुन व्यवसायीहरुले आइतबार धर्ना दिएका हुन्

उच्च अदालत बार एसोसिएसन बागलुङको आयोजनामा वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले धर्ना दिएका हुन् । विवाद र भ्रष्ट्राचारमा डुबेको भन्दै प्रधानन्यायाधिशविरुद्ध कालोपट्टी बाँधेर उनीहरुले प्रदर्शन गरेका थिए ।

‘न्यायपालिकाको विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध धर्नामा बसेको उच्च अदालत बार ईकाई बागलुङका अध्यक्ष अखिलनाथ शर्माले बताए । न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधिशले राजीनामा दिनु पर्ने शर्माले बताए ।

धर्नामा वरिष्ठ अधिवक्ता पद्मनाथ शर्मा र कृष्णप्रसाद शर्मासहितका वकिल सहभागी थिए । उनीहरुको आन्दोलनमा लेखापढी व्यवसायीले पनि साथ दिएका थिए ।

बारले सोमबार र मंगलबार पनि अदालत परिसरमा धर्ना दिने कार्यक्रम राखेको छ । प्रधानन्यायाधीश जबराको राजीनाम माग गर्दै केन्द्रीय बारले आन्दोलन सुरु गरेपछि जिल्लाका कानुन व्यवसायीहरुले पनि एक्यबद्धता जनाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्