१९ बैशाख २०८१, बुधबार

 

जोरबिजोर प्रणाली हटाउन सिफारिस

काठमाडौं उपत्यका लागू भएको जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिएक छ । उपत्यकाभित्र चल्ने बस, टेम्पो र माइक्रोबसमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले आज सिफारिसको निर्णय गरेको हो ।

शुक्रबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले उक्त निर्णय गरेका हुन् । काठमाडौं उपत्यकामा माघ ७ गतेबाट सार्वजनिक र निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । निजी सवारी साधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै हुने बताइएको छ । जोर–बिजोर प्रणालीले झन् समस्या ल्याएको सुझावहरु सरकारमा पुगेपछि हटाउन सिफारिस गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्