९ जेष्ठ २०८१, बुधबार

 

बागलुङ उद्योग वाणिज्य संघको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

बागलुङ व्यापारी व्यवसायीहरूको छाता संगठन बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापना तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। संघको १८ औ महाधिवेशनबाट निर्वाचित अध्यक्ष तथा कार्यसमिति सदस्यहरूलाई पदस्थापन गराइएको हो ।

मुख्य निर्वाचन अधिकृत भुमिश्वर गौतमले संघका नवनिर्वाचित अध्यक्ष नरेश कँडेललाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो । अध्यक्ष कँडेलले नवनिर्वाचित सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो ।संघको १८ औँ महाधिवेशनबाट अध्यक्षमा नरेश कँडेल, खुल्ला सदस्यतर्फ निर्विरोध हुनेमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी उद्योग तर्फ ऋषिराम गौतम र निलेश राजभण्डारी, महिला सदस्य यमुना रेग्मी र शिवकला थापा निर्विरोध निर्वाचित भएका थिए ।

निर्वाचित अध्यक्ष लगाएत सदस्यलाई मुख्य निर्वाचन अधिकृत भुमिश्वर गौतमले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष युवराज राजभण्डारीले नवनिर्वाचित अध्यक्ष नरेश कँडेललाई पद हस्तान्त्रण गर्नु भएको थियो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत भुमिश्वर गौतम, उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठ, उद्योग वाणिज्य संघ बागलुङका पूर्वअध्यक्ष हरि प्रसाद श्रेष्ठ, शैलेन्द्र कुमार श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम निर्वतमान अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षता तथा स्वागत, नवनिर्वाचित अध्यक्ष नरेश कँडेलको धन्यवादसहित प्रतिवद्धता मन्तव्य र निवर्तमान उपमहासचिव थानेश्वर सुवेदीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा उद्योग वाणिज्य संघका कर्मचारी संजय बोहोराको उपचारको लागि संघको तर्फबाट नगद ५० हजार सहयोग गरिएको थियो । कर्मचारी बोहरालाई अध्यक्ष कँडेलले पनि थप पाँच हजार सहयोग गर्नु भएको छ ।

पदस्थापन पश्चात आजै बसेको संघको पहिलो बैठकले निर्वाचन प्रकृयामा सघाउने सबैलाई धन्यवाद व्यक्त गर्ने निर्णय गरेको छ । त्यस्तै बागलुङ उद्योग वायिाज्य संघमा युवा उद्यम विकास समिति गठन गर्ने निर्णय गरेको छ । पहिलो वैठकले उद्योग वाणिज्य संघमा रहेको २० लाख राशिको अक्षयकोणमा ४ लाख थप गरि २४ लाख पु¥याने र छिट्टै ३० लाखको कोष पु¥याउने निर्णय गरेको छ । त्यस्तै अधिवशेनमा अध्यक्षका उम्मेदवार वनेका राजकुमार शाक्य र शशिकपुर श्रेष्ठलाई कार्यसमिति सदस्यमा मनोनित गरेको संघका अध्यक्ष नरेश कँडेलले बताउनु भयो । थप सदस्य मनोनित गर्दा अग्रजहरुको सल्लाह अनुसार अगाडी बढ्ने कँडेलले जानकारी दिनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्