बैंकर्स बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ स्थित सम्पुर्ण बैंक तथा वित्तीय संस्थामा कार्यरत महिला कर्मचारी दिदी बहिनीहरूलाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।
बिभिन्न बैकका शाखामा कार्यरत महिला कर्मचारी दिदि बहिनीहरूलाई एक आपसमा चिनजान तथा एउटै क्षेत्रमा कार्यरत महिला बैंकर्सहरु बीच मैत्रीपूर्ण सम्बन्धको विकास गराउन एबम् नारी सम्मानको लागि हरितालिका तीजको अवसर पारेर उक्त कार्यक्रमको आयोजना गरीएको बैंकर्स बागलुङ अध्यक्ष हेमराज शर्माले बताउनु भयो ।
कार्यक्रममा बागलुङ स्थित विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत सम्पूर्ण महिला कर्मचारी तथा शाखा प्रबन्धकहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्राइम कमर्सियल बैंक बागलुङका शाखा प्रबन्धक सपना शर्मा पन्तले बैंकर्स बागलुङले सबै महिला बैंकर्स कर्मचारीलाई एकै ठाँउमा भेला गराई एक आपसमा मैत्रीपूर्ण सम्बन्धको विकास गराउन महत्वपूर्ण भूमिका खेलेकोमा सम्पूर्ण महिला कर्मचारीको तर्फबाट बैंकर्स बागलुङलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
कार्यक्रम बैंकर्स बागलुङका अध्यक्ष हेमराज शर्माको अध्यक्षता, सदस्य सुजित ज्ञवालीको स्वागत र कोषाध्यक्ष टंक प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।बैंकर्स बागलुङ सामाजिक र मानविय सेवामा क्रियाशिल छ ।
















































































































































































