१८ भाद्र २०८३, बिहीबार

 

हिन्दु मन्दिर श्रद्धायुक्त भयको प्रतिक हो

सिन्धु ,हडप्पा र मोहन जोडदोको सभ्यता कृषिमा आधारित उन्नत सभ्यता थियो ।काँशो धातु ,काष्ठ कला र पाको इँटाले भवनहरु भएको शहरको निर्माण भएको थियो त्यस समयमा ।उक्त कालखण्डमा लेखन कलाको प्रादुर्भाव भइसकेको थियो तर त्यो अझै भ्रूण अवस्था थियो ।त्यति बेलाको लिपी अहिलेसम्म पढ्न सकिएको छैन ।

Hoysala Architectures

सामन्ती युगको शुरुवातको बेला सैनिक अभिजात वर्ग र राजाहरुको वर्गको उदय भइसकेको थियो ।आर्यहरुले भारत क्षेत्रको सिन्धु घाँटी तथा उत्तर पूर्वी भारतलाई जितेका थिए ।ऋग्वेद र अन्य वेदहरुमा त्यही सङक्रमणकालिन अवस्थाको प्रतिविम्ब पाइन्छ ।

त्यस बेला भारतीय आर्यहरुमा बहुदेववादको प्रधानता थियो ।देवताहरुको संख्या ३३ भनिएता पनि वेदहरुमा देवताहरुको संख्या ३ हजार ३ सय ९९ रहेको वर्णन पाइन्छ ।जति बेला जे पुृजा गरीन्छ त्यति बेला त्यहि देवताको स्थान उच्च हुन्थ्यो ।

इन्द्रलाई आर्यहरुको प्रारम्भिक देवता मान्न सकिन्छ ।किन भने उनमा पुराना लक्षणहरु पाइन्छन् ।वेदमा उनी लोकप्रिय देवता हुन ।उनी युद्धका देवता हुन भने अर्काै तिर उनी वर्षा र बज्रका देवता हुन ।इन्द्र पहिला जनजातीका देवता थिए ।

पछि उनर्मा आर्यहरुले प्राकृतिक शक्तिहरुको देवताको गुण आरोपित गरिएको थियो ।कैयौ देवताहरुले कर्मकाण्डासित सम्बन्ध राख्दछन ।देवता र मानिसबीच मध्यक्षताको काम आगोले गर्दछ ।वेदमा करिब २०० ऋचाहरुले अग्निको स्तुतिगान गर्दछ ।

जुन  यज्ञमा पाठ गरिन्थ्यो ।कर्मकाण्डसित सम्बन्धित देवता सोम हुन ।सोम वास्तवमा एस्क्लीपिका एसिडा नामक विशेष वनस्पतिबाट तयार गरिथ्यो जुन यज्ञ अनुष्ठानमा पिउने गरिथ्यो ।ब्राह्रमण कालमा कर्मकाण्ड पूर्णत अभिजातमूलक हुन गएको थियो ।त्यति बेला सामुदायिक अनुष्ठान र यज्ञ गरिदैनथे ।यज्ञ र बलि निजी कार्य थियो ।यज्ञ र बलिमा ज्यादै खर्च हुने गर्दथ्यो ।ती केवल सम्पन्न र अभिजात वर्गद्धारा मात्र गर्न सकिन्थ्यो ।

सर्वसाधारण जनताले त्यसमा भाग लिदैंनथे ।त्यति बेलासम्म सार्वजनिक स्थानहरुमा मन्दिर पनि बनाउँन सुरु भएको थिएन ।बौद्ध मार्गिहरुले सबैभन्दा पहिले गुम्बाहरु बनाए ।त्यसको धेरैपछि ब्राह्मणहरुले आफनो अस्तित्व रक्षाको लागि सर्वसाधारण नागरिकहरुमा आफनो परम्परा ,कर्मकाण्ड र पुजालाई विस्तार गर्नु पर्ने आवश्यकता र बाध्यता महसुुस गरे ।पहिले देवताहरुलाई समेत वर्णमा विभाजित गरिएको थियो ।

उदारणको लागि ब्रह्मा देवतालाई ब्राह्रमणहरुको देबता ,इन्द्र देवतालाई क्षेत्रीहरुको देबता र रुद्र वैश्यहरु र किसानहरुको मुख्य देवता थिए ।रुद्रलाई पछि शिवको एउटा रुप भएको व्याख्या गरियो ।शूद्रहरुलाई अर्थात तल्लो जातिहरुलाई धर्म र अनुष्ठानबाट पूर्णत छुट्टै राख्ने गरिथ्यो ।

राक्षसहरुलाई दुष्ट शक्ति मान्ने गरिथ्यो ।आर्यहरुले स्थानीय शत्रु द्रविद जनजातिहरुलाई राक्षसको रुपमा परिकल्पना गरेका थिऐ ।बौंद्ध धर्मको जन्म र व्यापक विस्तारपछि त्यति बेला यज्ञ गरेर हिड्ने आर्य हिन्दुहरुमा संकट आई लाग्यो ।इश्वी सनको प्रारम्भिक शताब्दीमा बौंद्ध धर्म फैलिएको थियो । मौर्य र कुषाणहरुको शासनकालमा बौंद्ध धर्म राजकिय धर्मसम्म बन्न पुगेको थियो ।

स्वाभाविक रुपमा त्यसबाट पूजार्री र ब्राह्मण वर्ग चिन्तित र आक्रोशित हुन पुगेका थिए ।बौद्ध धर्मको विरुद्ध ब्राह्मणहरुको संघर्ष वर्ण व्यवस्था र जनसमुदायमाथि आफनो प्रभाव कायम राख्नका लागि गरिएको संघर्ष थियो ।त्यो लडाईमा ब्राह्मणहरुले आफूलाई र आफनो साधनाहरुलाई बदल्नु पर्नै आवश्यकता आइ लागेको थियो ।

स्पष्ट रुपमा त्यति बेला अभिजात वर्गको स्वरुपमा रहेको ब्राह्मण धर्मको प्रभाव सर्वसाधारण जनसमुदायमा कम थियो ।उनीहरुले आफनो शिक्षा र कर्मकाण्डलाई आम मानिसहरुको आवश्यकता अनुरुप ढाल्नु पर्यो ।त्यो गरेर मात्र उनीहरुले बौद्ध धर्मका अनुयायीहरुसँग सफल संघर्ष गर्न सक्दथ्यो ।

त्यसरी नयाँ युगको सुरुवात भएको थियो ।जसलाई हिन्दु काल वा हिन्दु धर्मको काल भनिन्छ ।त्यस युगको लाक्षणिक विशेषता के थियो भने कर्मकाण्ड बढी जनपरक बन्न पुगको थियो ।सबैभन्दा पहिला जनसमुदायलाई कर्मकाण्डमा भाग लिने अवसर दिनु थियो ।

त्यसपछि हिन्दु धर्ममा पुरा विश्वास जगाउँन स्वर्ग ,नर्ग ,जन्म ,मृत्यु ,पूर्व जन्म ,पूजास्थल ,मन्दिर ,तीर्थ स्थानको समेत आवश्यकता महसुस गरियो ।जसको परिकल्पना बिना आम मानिसलाई मनोवैज्ञानिक रुपमा जन्मदेखि मृत्युसम्म हिन्दु धर्मको संस्कारको साँचोमा ढाल्न सकिन्न थियो ।

मानिसलाई आत्मिक रुपमा मात्र होइन भौतिक रुपमा पनि हिन्दु परम्परामा समर्पण गर्न ठुलठुला मन्दिर , तीर्थस्थल  र धामको निर्माण गरियो ।भारत क्षेत्रमा सबैभन्दा पुराना मन्दिर रुपमा बौद्ध गुम्बाहरु हुन् रहेका छन ।प्रारम्भमा ती समाधि स्तूप र गुफाजस्ता स्तुपको स्वरुपमा थियो ।बौद्ध गुम्बाहरुको देखासिकी गरेर हिन्दु मन्दिरलाई अझ कलात्मक बनाइयो ।

हिन्दु मन्दिरलाई प्रसिद्ध कलाकारद्धारा विराट आकार दिइयो ।भव्य र सानदार वास्तुकलाबाट निर्मित मन्दिरले सर्वसाधारण जनतालाई भगवानको विराट रुप देखाएर त्रास र रहस्यको विश्वासमा राख्ने काम गर्यो ।वैज्ञानिक चेतनाको चिन्तन र विकास नभएको त्यस बेला कलाको कल्पनाको रहस्यमा निर्माण गरिएको हिन्दु मन्दिरहरुले सर्वसाधारण जनतामा श्रद्धायुक्त भय र त्रासको संचार गर्थ्यो ।हिन्दु धर्मको सुरक्षा विना अभिजात वर्ग ,ब्राह्रमण ,पुजारी वर्ग र आफुलाई विष्णु भगवानको अवतार घोषणा गरिएको राजाहरुको पनि शासनको रक्षा हुन सक्दैन थियो त्यस बेला ।

Statue of Lord Shiva. An old Hindu temple with architectural Golden detail. Murudeshwar. Karnataka, India

( से तोकारेवद्धारा लिखित धर्मको इतिहास पुस्तकबाट , अनुवाद युवराज पन्थी ,प्रकाशक मालिका प्रंकाशन )

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung