१८ भाद्र २०८३, बिहीबार

 

नेपाल संम्वत् ११४३ को उपलक्ष्यमा मोटरसाइकल र्‍याली

नेपाल सम्वत् ११४३ को उपलक्ष्यमा मोटरसाइकल र्‍याली आयोजना गरिएको छ ।मंगलबार बागलुङ बजारमा बागलुङ जसीजको संयोजकत्वमा मोटरसाइकल र्‍याली आयोजना गरिएका हो । लोकतान्त्रिक चोकबाट सुरु भएको र्‍याली बागलुङ बजारको मुख्य मुख्य चोक हुँदै लोकतान्त्रिक चोकमै आएर समापन भएको थियो ।

न्हु द ११४३ मूल आयोजक समिति र बागलुङ जेसीजको सहकार्यमा उक्त र्‍याली आयोजना गरिएको मूल आयोजक समितिका सचिव सुदिप राजभण्डारीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।कार्यक्रममा न्हु द ११४३ मूल आयोजक समितिका संयोजक मुकेशचन्द्र राजभण्डारीले नेपालीहरुको मौलिक नेपाल संम्वत्लाई देशको प्रत्येक गतिविधिमा सहभागि गराउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन कुमार शाक्य, बागलुङ जेसीजका कार्यवाहक अध्यक्ष आनन्द प्रसाद रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन बागलुङ जेसीजका कार्यकारी उपाध्यक्ष तथा मोटरसाइकल र्‍यालीका संयोजक एजेन्ली श्रेष्ठले गर्नु भएको थियो ।

कसरी शुरु भयो नेपाल सम्वत् ?

उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवासगर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना“ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि जातिय एकता र पुर्ख्रयौली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजालाई आफ्नो -आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ । विशेषत नेवार समूदायले मान्ने यो संवत् नेपालको मौलिक सम्वत् पनि हो ।

राष्ट्रिय विभूति शंखधर शाख्वाले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको सम्वत् नै नेपाल सम्वत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुर्ना याली निकालिन्छ । नेपाल सम्वत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ ।

१२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्नजान्छ ।

नेपाल सम्वत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । आधिकारीक रुपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारीक मान्यता दिएको छ । नेवारी समूदायमा भने यस संवतको ब्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।

 

तस्वीर मन्जुल शाक्य

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung