२६ बैशाख २०८१, बुधबार

 

धौलागिरी समाजको अध्यक्षमा पुन: केदारनाथ गौतम

काठमाडौं । धौलागिरी समाज नेपालको पाँचौं वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।शनिबार काठमाडौको जमलको सम्पन्न साधारण सभामा कार्यक्रमका प्रमुृख अथिति प्रमुख अथिति पूर्वप्रधानाध्याधिश कल्याण श्रेष्ठले कालिगण्डकी सभ्यताको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा समग्र धौलागिरी क्षेत्रको दीगो विकासको सन्दर्भमा कालगण्डकी नदी क्षेत्रको महत्व र संभावना विषयकमा डा. प्रेम शर्मा, ई. खिमानन्द कँडेल र धौलागिरी समाज नेपालका अध्यक्ष केदार गौतमले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा पूर्वशिक्षामन्त्री दीनानाथ शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दिल विकास राजभण्डारी, निर्माण व्यवसायी रमेश शर्मा, प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, गण्डकी सभ्यता बचाउँ महाअभियानका संयोजक गोविन्द शर्मा पौडेल, संस्थाका महासचिब रामचन्द्र पौडेल, धौलागिरी सांस्कृतिक समितिका अध्यक्ष कृष्ण समीप र संस्थाका अध्यक्ष केदारनाथ गौतम ले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वक्ताहरुले धौलागिरी क्षेत्रको विकासमा देश तथा विदेशमा रहेका सबै धौलागिरीबासी निरन्तर लाग्नुपर्ने बताउनु भएको थियो ।आजको साधारणसभाले केदारनाथ गौतमको अध्यक्षतामा आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ । धौलागिरी समाज नेपालका अध्यक्ष केदारनाथ गौतमले शर्मा एण्ड कम्पनीका प्रमुख रमेश शर्मा र राप्रपाका वरिष्ठ नेता एवम समाजसेवी दिल बिकास राजभण्डारीलाई संरक्षक सदस्य प्रदान गर्नु भएको थियो ।

धौलागिरी समाज नेपालका अध्यक्ष केदारनाथ गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष एक नारायण उपाध्यायले गर्नु भएको थियो । कार्यक्रममा धौलागिरीका चारै जिल्लाका राजनैतिक, सामाजिक, शिक्षासेवी, व्यवसायी र पर्यावरण संरक्षकहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्