४ जेष्ठ २०८१, शुक्रबार

 

तीन लाख राशीको कालिका कप पुरुष भलिबल प्रतियोगिता सुरु

बागलुङ । ऐतिहासिक एवं धार्मिक पर्यटकिय गन्तव्य बागलुङ कालिका मन्दिर परिसरमा कालिका कप पुरुष भलिबलप्रतियोगिता सुरु भएको छ । चैत्राष्टमी मेलाको अवसरमा कालिका भगवती गुठी व्यवस्थापन समितिले प्रतियोगिताको आयोजना गरेको छ ।

आगामी १७ गतेसम्म संचालन हुने मेलाको भलिबलप्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले गर्नु भएको थियो ।प्रतियोगिताको उद्घाटन खेल पाङ भलिबल पिभिसि टिम र बागलुङ नगरपालिका ९ तित्याङ बिगस्टोन विच भएको थियो । उद्घाटन खेलको सुरुवाती २ र २ सेट बराबरीमा भएपछि पाँचौ खेलमा १२ १५ को फरकले पाङ भलिबलले जितेको हो ।

भलिबल खेलमा नेपाल प्रहरी ,घुम्टे युवा परिवार ,बिग स्टोन ,काठेखोला तंङग्राम ,हिल साइड सेतो ,काठेखोला गाउँपालिका ,काठेखोला काडेस ,मुलपानी वानपा ,सिगाना एसभिसि ,हिलसाइड निलो र निर्माण व्यवसायी टिमबिच खेल हुने भलिबल खेल संयोजक अर्जुन खड्काले बताउनु भयो ।

चैत्राष्ठमी मेलामा यतिबेला गीत संगितको साथै खेलकुदले पनि महत्त्वपूर्ण भूमिका खेलेकोले मेलाको गरिमा बढेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।पुरानो परम्परागत रूपमा लाग्ने मेलाको स्वरूप परिवर्तन भएको यतिबेला आन्तरिक पर्यटक तान्न हाम्रो मेला महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको नगर प्रमुख श्रेष्ठले बताउनु ।

कालीका भगवती मन्दिर व्यवस्थापन समितिले हरेक वर्ष मन्दिर परिसरमा ५ दिने मेलाको आयोजना गरी लाखौं दर्शक भित्र्याउने गरेको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनु भयो । भविबलमा देशभरबाट १३ टिमको सहभागिता रहने अध्यक्ष खड्काले जानकारी दिनु भयो ।

भलिबलमा प्रथम हुने टिमलाई ३ लाख रुपैयाँ, द्धितिय हुनेलाई १ लाख ५० हजार, तृतीय हुनेलाई ७० हजार र सान्त्वना हुनेलाई २० हजार रुपैयाँ राशीको पुरस्कारको व्यवस्था गरिएको छ ।मेलामा राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगिता, छेलो प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्