२३ बैशाख २०८१, आईतवार

 

समाजसेवी मन्जु श्रेष्ठद्वारा मानव सेवा आश्रमलाई दश हजार सहयोग

बागलुङ । समाजसेवी मन्जु श्रेष्ठले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेकी छिन्। बागलुङ नगरपालिका वडा नं २ आवारोडमा जन्म घर भई हाल अमेरिका बसोबास गर्नु हुने श्रेष्ठले मानवसेवा आश्रम बागलुङलाई दश हजार सहयोग गर्नु भएको हो ।

श्रेष्ठले आश्रमको विहानी भोजन सेवाको निम्ति १० हजार सहयोग गर्नु भएको हो । मन्जु श्रेष्ठले सहयोग रकम े मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्त्रण गर्नु भएको थियो ।कार्यक्रममा समाजसेवी मन्जु श्रेष्ठ, मानव सेवा आश्रम, बागलुङका सञ्चालकहरु निर्मलबहादुर श्रेष्ठ, लक्ष्मी बाँस्कोटा, शिव खड्का, सरिता गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको संचालन मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङले गरेकी थिइन् ।बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४० जनाले आश्रय लिइरहेका छन् । घरबारविहीन र सडकपेटीमा बसेका व्यक्तिहरूलाई आवाससहितको सुविधा दिने उद्देश्यले २०७३ चैत २१ गतेदेखि मानवसेवा आश्रम सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्