२४ बैशाख २०८१, सोमबार

 

लायन्स क्लब अफ धौलागिरि र लियो क्लब अफ धौलागिरिद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ५५ जना लाभान्वित

बागलुङ । बागलुङ नगरपालिकाका वडा नम्वर ४ ओडारचौरको श्री देउराली प्राथमिक विद्यालयमा निःशुक स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुधबार लायन्स क्लब अफ धौलागिरि, बागलुङ र लियो क्लब अफ धौलागिरि, बागलुङको संयुक्त आयोजनमा शिविर सम्पन्न भएको हो ।

स्वास्थ्य शिविरमा ५५ जना विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनताले सेवा लिएका थिए । शिविरमा ५५ जना विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय जनताले आँखा परीक्षण गराएका थिए भने ३५ जना शिक्षक, अभिभावक र स्थानीय जनताले प्रेसर र सुगरको परीक्षण गराएका थिए ।

स्वास्थ्य शिविर बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा र सफल चश्मा पसलको सहकार्यमा आयोजना गरिएको थियो । नेत्र सहायक गणेश महतोले आँखा परीक्षण र नगर स्वास्थ्य शाखाका सिअहेव अधिकृत डिल्ली प्रसाद आचार्य, सिअहेव अधिकृत विष्णु प्रसाद शर्मा, आधारभुत स्वास्थ्य केन्द्र, कुँडुलेका ईन्चार्ज सिअहेव धनमाया थापा, अनमि निसा मल्लले प्रेसर र सुगरको परीक्षण गरेका थिए ।

बालबालिकाले आधारभुत स्वास्थ्य सेवा पाउन सके मात्र उनीहरु शैक्षिक र सामाजिक भविष्य उज्योला हुने बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेलले बताउनु भयो । बागलुङ नगरलाई बालमैत्री नगर बनाउने अभियानमा हरेक विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र स्थानीय जनताको साथ चाहिएको कँडेलको भनाई थियो ।

कार्यक्रमा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, योजना तथा प्रशासकिय अधिकृत युक्त प्रसाद सुवेदी, नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनाल, नेपाल रेडक्रस सोसाइटी, बागलुङका सभापति जगन्नाथ आचार्य, श्री देउराली प्राथमिक विद्यालयका व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष वुद्धि बहादुर केसी, लायन्स क्लब अफ धौलागिरि, बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लियो क्लब अफ धौलागिरि बागलुङका उपाध्यक्ष सचिन हरिजनले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा श्री देउराली प्राथमिक विद्यालयका व्यवस्थापन समितिका पूर्वअध्यक्ष वद्री नारायण सापकोटा, लायन्स क्लब अफ मुक्तिनाथका अध्यक्ष सुनीता श्रेष्ठ र प्रथम उपाध्यक्ष रन्जिता श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम लायन्स क्लब अफ धौलागिरि, बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको अध्यक्षतामा, शिक्षक उमाकान्त शर्माको स्वागत र लायन्स क्लब अफ धौलागिरि, बागलुङका प्रथम उपाध्यक्ष गणेश महतोको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्